सेवापाटी संवाददाता २०८२ असार १४ गते

दिपक बजगाई ‘कैलाश’ काठमाण्डैं – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । गत २०८१ चैत ७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा सहभागी ४ लाख ३८ हजार ८९६ विद्यार्थीमा २ लाख ७१ हजार २९९ जना उत्तीर्ण भएका छन।

१ लाख ६७ हजार ५९७ परीक्षार्थी अनउत्तीर्ण भएका छन । बोर्डका अनुसार उत्तीर्ण दर ६१.८१ रहेको छ। गत वर्ष एसईईमा ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।सार्वजनिक नतिजाअनुसार गत वर्षको तुलनामा केही सुधार भएको छ।

बोर्डका अनुसार २०८१ सालको एसईईको नतिजामा १३.९५ प्रतिशतले सुधार आएको छ। यस वर्ष एसईई दिएका १२६ जना परीक्षार्थीको भने परीक्षा रद्द भएको छ। मौका परीक्षा साउन २९ देखि हुनेछ भने कार्यतालिका पछि प्रकाशित गरिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा। महाश्रम शर्माका अुसार दुई विषयमा कम जीपीए ल्याउनेले ग्रेडवृद्धिको मौका परीक्षा दिन पाउने छन्।