सेवापाटी संवाददाता २०८२ असार ९ गते
राधेश्याम गजुरेल काठमाण्डौं – श्री नवतनधामका गाधिपति बाबाजी श्री १०८ अमृतराज महाराज, महन्त स्वामी श्री १०८ पुरुषोत्तमजी महाराजको समुपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथिको रूपमा श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका केन्द्रीय अध्यक्ष कौशल फूयाँलले संगठनका भावी कार्ययोजना प्रस्तुत गर्दै काम गर्दा पालन गर्नुपर्ने विधि प्रकृया अनुशासन र परिषदको गरिमा बढाउन खेल्नुपर्ने रचनात्मक भूमिकाबारे जानकारी दिनुभयो । महन्त पुरुषोत्तम महाराजले वाणी, बितक, चर्चनी, बिराट र सेवापूजा धर्मका आधार स्तम्भ हुन् भन्दै आचरण सुधार्न स्वम सुध्रिनुपर्ने भन्दै धर्मलाई जहिले पनि प्राथमिकतामा राख्न सुझाउनु भएको थियो भने प्रशिक्षक नन्दकिशोर शर्माले युवा र अध्यात्म , युवाका जिम्मेवारी, अपनाउनुपर्ने संयमता र संस्थागत नियम अनुशासनमा रहन प्रशिक्षार्थीलाई उर्जा सहित उत्साह थप्नुभएको थियो ।

विषयगत प्रशिक्षणको प्रशिक्षक युवा परिषद् नेपालका केन्द्रीय महासचिव दिपक कार्कीले संगठनका काम, कर्तब्य र कार्यबिभाजनबारे बताउँदै सबै पदाधिकारी सदस्यले संगठन बलियो बनाउन लागि पर्न अनुरोध गर्नुभयो । त्यस्तै केन्द्रीय कोषाध्यक्ष उमेश प्रधानले कोष ब्यबस्थापन , सुदृढिकरण तथा लेखा प्रणाली र प्रकृयाबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा श्री कृष्ण प्रणामी सेवा समिति नेपालका उपाध्यक्ष, नवतनधाम व्यवस्थापन समितिका संयोजक लगायत श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका केन्द्रीय सदस्यहरु, युवा परिषद् नेपाल बागमती प्रदेश समितिका पदाधिकारी, श्री कृष्ण प्रणामी सेवा समिति नेपाल जिल्ला समिति काठमाण्डौका अध्यक्ष, युवा परिषद् नेपाल ललितपुर, काभ्रेपलाञ्चोकका अध्यक्ष सहित काठमाण्डौ जिल्ला प्रास बाट पदाधिकारी सदस्यको उल्लेखनीय रहेको थियो ।


