
सेवापाटी संवाददाता २०८२ जेष्ठ २६ गते
दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागू गरेपछि अवैधरूपमा अमेरिका बस्दै आएका नेपालीहरू धमाधम निष्कासनमा पर्दै आएका छन्। अमेरिकाबाट निष्कासनमा परेका नेपालीहरूको जम्बो टोली नेपाल आइपुगेको छ।
उनीहरू अमेरिकाको चार्टर्ड विमानबाट आइतबार साँझ काठमाडौं आइपुगेका हुन्। निष्कासित परेका नेपालीहरू दिनहुँजसो काठमाडौं आउने गरेका छन्। त्यसो त अमेरिकाले नै चार्टर्ड विमानमार्फत यसअघि पनि नेपालीहरूलाई फर्काएको थियो ।
ओम्नी एयरलायन्सको ओवाई ३१४६ उडानबाट उनीहरूलाई बंगलादेशको ढाका हुँदै नेपाल फर्काइएको स्रोतले जानकारी दिएको छ। उक्त विमानमा ३७ जना नेपाली रहेको स्रोतको भनाइ छ।