
सेवापाटी संवाददाता २०८२ जेष्ठ १८ गते
दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – शनिवार राति नेपाली समय अनुसार १२ः४५ मा जर्मनमा भएको युइएफए च्याम्पियन लिग फाइनल खेल पेरिस सेन्ट जर्मन(पि यस जि) र ईन्टर मिलान बिच भएको थियो जसमा ‘पेरिस सेन्ट जर्मन’ले जित हासिल गरेको थियो । पि यस जि ले ५–० को अन्तरले बिजय हासिल गरेको छ । पि यस जि ले मिलान लाई पहिलो हाफमै २–० को अन्तरले अग्रता लिएको थियो ।
जसमा खेलको १२ औं मिनेटमा अच्राफ हाकिमी ले पहिलो गोल गरेका थिए । खेलको २० औं मिनेटमा डेसिरे डुए ले गोल गरेका थिए । यसै गरि खेलको दोस्रो हाफमा ६३ औं मिनेटमा फेरि डेसिरे डुए ले अर्को गोल गरेका थिए । खेलको ७३ औं मिनेटमा ख्विचा क्वारत्स्खेलिया र खेलको ८६ औं मिनेटमा सेनी माचुलुले गोल गरेर खेललाई एकतर्फी जित दिलाएका थिए । पि यस जि ले एतिहास रचेर पहिलो पटक युइएफए च्याम्पियन लिग जित्न सफल भएको हो ।