सेवापाटी संवाददाता २०८२ बैशाख २२ गते
काठमाण्डौं–उद्यमशिल सँस्कृति, राष्ट्रको समृद्धि,सीप सिकौं, आत्मनिर्भर बनौं भन्ने मुल नाराका साथ उद्यमी घर सातदोबाटो ललितपुरले युवा तथा महिला लक्षित बिभिन्न किसिमका सिप तथा रोजगारी मुलक तालिहरु दिदै आएको छ।

त्यस अन्तर्गत बैशाख २१ गत देखि ७ दिन सम्म उद्योग तथा बाणीज्य कर्यालय काठमाण्डौंको आयोजना तथा इचङ्गु नारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा ७ दिने अवधिको अचार बनाउने सिपबिकास तालिम सञ्चालन गर्न लागेको हो, यस तालिमबाट ८० जना भन्दा बढि बिपन्न बर्गका महिलाहरु लाभान्वित हुने र स्वरोजगार बन्न सक्न छन कार्यक्रममा बिभिन्न प्रकारका अचार बनाउने सिप सिकाउनुका साथै उत्पादित अचारको बजार ब्यवस्थापन पनि उद्यमी घर आफैले गर्ने उद्यमी घरका सञ्चालक दिपक कार्कीले बताउनु भयो ।


