सेवापाटी संवाददाता २०८२ बैशाख २०  गते

काठमाडौं ।जनता समाजवादी पार्टी नेपालले गोष्ठी गर्न लागेको छ।गोष्ठीमा कोशी नाम र केबलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशालाइ मुख्य बिषय बनाइएको छ पार्टीका सह–अध्यक्ष रकम चेम्जोङ संयोजक रहेको उक्त गोष्ठीमा १ नं प्रदेश पुनः नामाङ्कन,आन्दोलन परिचालन तथा समन्वय समिति को आयोजनामा सुनसरीको धरानमा शनिबार गर्न लागिएको उक्त गोष्ठीका प्रमुख वक्ता पार्टी अध्यक्ष उपेन्द्र यादव रहने छन्।बहुजातीय देशहरूमा राजनीतिक, आर्थिक स्वतन्त्रताले मात्र समूहगत विभेद अन्त्य हुन नसक्ने भन्दै सामाजिक, सांस्कृतिक स्वतन्त्रता पनि मानवीय मुक्तिका लागि आवश्यक छ मानव जाति उत्पत्ति कालदेखि नै आफ्नो अस्तित्व र पहिचानको लागि निरन्तर सङ्घर्षरत छ, बहुजातीय देशहरूमा राजनीतिक, आर्थिक स्वतन्त्रताले मात्र समूहगत विभेद अन्त्य हुन नसक्ने भन्दै सामाजिक, सांस्कृतिक स्वतन्त्रता पनि मानवीय मुक्तिका लागि पहिचानको राजनीतिले जाति र समुदायबीचको विभेद, उत्पीडन, असमानतालाई न्यायोचित रूपमा हल गर्न सहयोग गर्दछ भन्ने विषयमाथि प्रकाश पार्न गोष्ठीको आयोजना गरिएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।