एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ प्रिपेड प्लान ल्याएको छ । ग्राहकले आफ्नो दूरसञ्चार सेवाको आवश्यकता अनुसार सरल र सहज रुपमा यी प्लान सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ । नयाँ प्रिपेड प्लान अन्तर्गत ३ वटा स्टार्टर प्याक सजिलो, सहयात्री प्लान र सही यो प्लान अपडेट गरिएका छन् । यी प्याक ४ मंसिर देखी संचालनमा आएका छन् । ग्राहकले सजिलोको कर सहित ९७, सहयात्री प्लानको ९८ र सही यो प्लान ९९ रुपैयामा लिन सक्नेछन ।

स्टार्टर प्याक अन्तर्गत सिम कार्ड खरिद गर्दा ग्राहकले स्वतः रुपमा सजिलो प्लान प्राप्त गर्दछन् । यसमा १० मेन ब्यालेन्स, ६० एमबी डेटा, ४० मिनेट अन नेट कल र ७ दिनको समयसिमा रहेको २० वटा अन नेट एसएमएस रहेको छ । त्यस्तै यो प्याक लिने ग्राहकले अन नेट भ्वाइस कल अन्तर्गत कर सहित १.६२ प्रति मिनेटमा कल, १ रुपैयामा पे एज यू गो डेटा र कुनै पनि नेटवर्कमा एसएमएस कर बाहेक १ रुपैयामा पठाउँन सक्छन् ।वैदेशिक रोजगारीमा जाने योजनामा रहेका व्यक्ति तथा परिवारका सदस्यका लागि सहयात्री प्लान रहेको छ ।

यो प्लान अन्तर्गत ग्राहकले १० रुपैया मेन ब्यालेन्स, १ सय एमबी डेटा, ७ दिनको समयसिमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्छन् । यसका साथै सहयात्री प्लान लिने ग्राहकले भारतमा पहिलो ३ मिनेटको कल पछि १० प्रतिशत छुटमा कल गर्ने सुविधा प्राप्त गर्ने पनि उल्लेख छ ।

सहयात्री प्लान अन्तर्गत ग्राहकले बीप सेवाको पनि फाइदा लिन सक्छन् । यस सेवा अन्तर्गत ग्राहकले आफ्नो मेन ब्यालेन्स शून्य भए पनि आफुले सम्पर्क गर्न खोजेको नम्बरमा मिस्ड कल गर्न सक्छन् । यसका साथै यो सिम लिने ग्राहकले विभिन्न ८ राष्ट्रमा अन्तर्राष्ट्रिय कलमा पहिलो १ मिनेट पछि छुट प्राप्त गर्न सक्छन् । त्यस्तैगरी अर्को स्टार्टर प्याकमा ग्राहकले इन्स्टाग्राम प्रयोग गर्न ३० दिन समयसिमा रहेको १ जीबी डेटा, १० मिनेट मेन ब्यालेन्स, १०० एमबी डेटा, १० मिनेट अन नेट कल र ७ दिनको समयसिमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्ने पनि उल्लेख छ ।

यो योजना अन्तर्गत सिम कार्ड सुचारु भएको अर्को दिनको मध्य राति सम्म २ सय रुपैया र सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकले रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्न सक्छन् । प्राप्त बोनस पे एज यू गो अन्तर्गत भ्वाइस, डेटा र एसएमएस सेवाको लागि प्रयोग गर्न सकिन्छ । बोनस रकम ३ दिनको लागि मान्य रहन्छ । नेपाल घुम्न आउने पर्यटकका लागि पनि एनसेलले १ सय, ५ सय र १ हजार रुपैयाका तीन प्लानहरु प्रदान गर्दै आएको छ । १ सय रुपैयाको प्लानमा ग्राहकले २ सय एमबी डेटा, १० मिनेट लोकल कल प्राप्त गर्छन् ।

५ सय रुपैयाको प्लानमा पर्यटकले ५० रुपैया मेन ब्यालेन्स, ५० मिनेट लोकल कल र ७ दिनको समयसिमा रहेको १० जीबी डेटा प्राप्त गर्न सक्छन् । त्यस्तै १ हजार रुपैयाको प्लान अन्तर्गत नेपाल भ्रमणमा रहेका पर्यटकले ५० रुपैया मेन ब्यालेन्स, १ सय मिनेट लोकल कल र २८ दिनको समयसिमा रहेको २५ जीबी डेटाबाट फाइदा लिन सक्ने पनि उल्लेख छ ।Source :sourya Dainik