नेपाली र भारतीय सेनाबीचको संयुक्त सैन्य अभ्यास आजबाट शुरु हुँदैछ ।

 

नेपाली र भारतीय सेनाबीच हुने सैन्य अभ्यास ‘सूर्यकिरण’ को यो १६ औं संस्करण हो ।

 

सैन्य अभ्यासमा सहभागी हुन भारतीय सेनाको टोली रूपन्देहीको सालझण्डी आइपुगेको छ ।

 

नेपाली र भारतीय सैनिकको संयुक्त सैन्य अभ्यासको १५औं संस्करण गत वर्ष भारतको पिथौरागढमा भएको थियो ।

 

अभ्यास सूर्यकिरण प्रतिआतंकवाद, युद्धकला, मानवीय सहायता, प्रकृति प्रकोप, पर्यावरण संरक्षणमा केन्द्रित हुने जनाइएको छ ।

 

अभ्यास सूर्यकिरणको १३ औं संस्करण पनि पिथौरागढमा भएको थियो । १४औं संस्करण कोरोना भाइरस संक्रमणको जोखिमका कारण भएको थिएन ।

 

रूपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याट्ल स्कुलमा दुई मुलुकका सैन्य अभ्यास हुनेछ ।

 

सैन्य अभ्यासमा दुई मुलुकका सेनाले आतंकवाद, विपद् व्यवस्थापनलगायतका विषयमा अनुभव आदनप्रदान गर्नेछन् ।

 

सैन्य अभ्यासमा हिमाली क्षेत्रमा आतंकवादविरुद्धको लडाइँको विधि, उपकरण र प्रविधिलगायत विषयमा अभ्यास र छलफल गर्नेछन् ।

 

सैन्य अभ्यासमा नेपाली सेनाको तर्फबाट भवानी बक्स बटालियनका सैनिक अधिकारीहरू सहभागी हुँदैछन् । सैन्य अभ्यास पुस १४ गतेसम्म चल्ने छ ।Source:Madhaynaha