
सेवापाटी संवाददाता २०८२ भदौ ३० गते
दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीका अनुसार प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्रीले आज शपथ लिने भएका छन । सपथ आज दिउँसो ११ स् ३० बजे हुने भएको छ।
बालुवाटार स्रोतका अनुसार पहिलो चरणमा प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीमा रामेश्वर खनाल, गृह तथा कानुनमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधारमन्त्रीमा कुलमान घिसिङलाई सिफारिस गरेकी छन्।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गरेपश्चात पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ। कार्की नेतृत्वको सरकारलाई ६ महिनाभित्र निर्वाचन गर्ने कार्यादेश तोकिएको छ।
जेन–जी आन्दोलनपश्चात राष्ट्रपति पौडेलले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेका छन्। नवनियुक्त प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले निर्वाचनको मिति घोषणा गरेका हुन्।