
सेवापाटी संवाददाता २०८२ भदौ २९ गते
दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं-काठमाडौंस्थित अमेरिकी दूतावासले आइतबार एक विज्ञप्ति जारी गर्दै अन्तरिम सरकारद्वारा घोषणा भएको आम निर्वाचन सम्पन्न गराउनका लागि आफू सहयोग गर्न तयार रहेको बताएको छ । दूतावासले अन्तरिम सरकारले आगामी महिनाहरुमा नयाँ निर्वाचनको तयारी गर्नेक्रममा नेपालसँग अमेरिका सहकार्यका लागि तयार रहेको बताएको छ ।
अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाई दिँदै यो अवस्थामा आउनका लागि आन्दोलन गरेका युवा र अन्तरिम सरकार गठनका लागि सहजीकरण गरेका राष्ट्रपति रामचन्द्र पौडेलको प्रशंसासमेत गरेको छ । यस्तै नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई संक्रमणकाललाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै सम्मानसमेत गरेको छ ।
विज्ञप्तिमा भनिएको छ हामी नेपालसँग सहकार्य गर्न तयार छौं।