सेवापाटी संवाददाता २०८२ भदौ २७ गते

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – जेन–जीको माग अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका छन् । उनलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्ने गरी नियुक्ति गरेका हुन् । सुशीला कार्कीको नाममा नेपालको पहिलो प्रधानन्यायाधीश र पहिलो प्रधानमन्त्रीको इतिहास रचिएको छ ।

न्यायपालिकाको नेतृत्व गरेको आठ वर्षपछि कार्यपालिकाको नेतृत्व गर्ने पहिलो महिला बनेकी छन्। कार्कीले न्यायपालिकामा हक्की र इमान्दार स्वभावका कारण चर्चा पाइन् र नयाँ जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नेछिन्। उनी दुनियाँकी हक्की स्वभावकी न्यायाधीश (श्रीमान) भनेर चिनिन्छिन् । उनले न्यायालयमा राजनीतिक पृष्ठभूमि बाहेक न्यायिक निष्पक्षता र विकृतिबारे खुलेर बोलेकी थिइन्।

विराटनगरमा कानुन व्यवसायबाट आफ्नो करियर सुरु गरेकी उनी अधिवक्ताबाट सोझै सर्वोच्च अदालतको न्यायाधीश बनेकी थिइन् । कार्कीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिले संविधानको धारा ६१ लाई टेकेका छन् । उक्त धाराको उपधारा ४ मा राष्ट्रपतिले टेकेका छन् । ४ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्नेछ । ‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ’ भनिएको छ ।

त्यस्तै उपधारा ३ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्नेछ भनिएको छ । यी दुवै धारालाई आधार बनाउँदै कार्की मन्त्रिपरिषद्को अध्यक्ष बनाइएको छ । प्रधानमन्त्री नियुक्ति संगैं आजै  साझ ८:४५  मा सपथ ग्रहण पनि गरेकि छन।