सेवापाटी संवाददाता २०८२ भदौ २७ गते 

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – काठमाडौं उपत्यकामा चहलपहल बड्दै गएको छ । निषेधाज्ञा तथा कर्फ्यू खुला गरेको समयमा सडक र बजारमा चहलपहल बढेको हो। अत्यावश्यक कामका लागि छुट्याइएको समय दैनिक उपभोग्यलगायत आवश्यक सामग्री किनमेल एवं धार्मिक–सांस्कृतिक परम्परा अवलम्बनका लागि हिँडडुल गर्न, कर्मचारीहरू कार्यस्थलसम्म जान र फर्कन एवं जरुरी पर्नेलाई मात्र रहेको सेनाले जनाएको छ। सडकमा निजी सवारी साधन मोटरसाइकल तथा कारहरु चलेको देख्न सकिन्छ । भने जुलुस, धर्ना र प्रदर्शनलाई निषेध गरिएको छ।