सेवापाटी संवाददाता २०८२ भदौ २३ गते  

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – सामाजिक सञ्जाल बन्देज र भ्रष्टाचार बिरुद्द अन्दोलनमा उत्रिएका जेन-जी समुहले गरेका आन्दोलनका क्रममा सयैं आन्दोलनकारी घाइते भएमा छन भने १४ जना भन्दा बढिको मृत्यु भएको छ । जेन-जि समुहले गरेको आन्दोलनमा प्रहरीको निशेधाज्ञा तोडेर तोडफोडमा लागेपछि काठमाण्डौं जिल्ला प्रशासनले एक बिज्ञप्ती जारी गदै काठमाण्डौंको बिभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको छ । बिज्ञप्तीमा उल्लेख भए अनुसार मिति २०८२ /०५/ २३ गते अपरान्ह १२: ३० बजेदेखि मिति २०८२ /०५ /२३ गते रातिको १० बजेसम्म स्थानिय प्रशासन ऐन , २०८२ को दफा ६क बमोजिम काडमाण्डौं जिल्लाको काडमाण्डौं महानगरपालिकाभित्र देहायका चार किल्ला बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हँुदै बिजुलिकजार पुलसम्म, बानेश्वर चोकदेखि पुर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म,बानेश्वर चोकदेखी उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यामिक बिद्यालयसम्म ,बानेश्वर चोकदखी दक्षिण शंखमुलदेखी ओरालोहुँदै शंखमुल पुलसम्म तोकी सो सिमाना भित्र कसैले आवत जावत गर्ने कुनै पनि प्रकारका भेला,जुलुस, प्रदर्शन,शभा,बैठक,घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरीइएको छ । कर्फ्यले खासै प्रभाब भने पारेको देखिदैन आन्दोलनमा प्रहरीले असुरग्यास,रवरको गोली,पानीको फोहोरा हान्दै गएपछि धाइतेहरुको संख्या बड्दै गएको हो ।