
सेवापाटी संवाददाता २०८२ भदौ १७ गते
राधे श्याम गजुरेल काठमाण्डौं – गत शनिबार श्री कृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्य समिति नुवाकोटको एघारौ बार्षिक साधारण सभा तथा धार्मिक आध्यात्मिक प्रशिक्षण कार्यक्रम बिदुर नगरपालिका ६ ईनारपाटीमा रहेको श्री कृष्ण प्रणामी मन्दिरमा सम्पन्न भएको छ । युवा परिषद नुवाकोट जिल्ला अध्यक्ष हरीकृष्ण तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी यसै समितिका केन्द्रिय उपाध्यक्ष भिम बगाले र विशेष अतिथी महासचिव दिपक कार्की रहनुभएको थियो ।
कार्यक्रममा सेवा समिति नेपाल, बाईजुराज समिति नेपालका प्रतिनिधि साथै युवा परिषदका केन्द्रीय सदस्य दिपक तिमल्सिना, भरतराज मैनाली, राधेश्याम गजुरेल, काठमाण्डौ जिल्ला सचिव भेषराज भट्टराई प्रकाश, ललितपुर जिल्ला सचिव शोभा घिमीरे, वाईजुराज काठमाण्डौ जिल्ला सदस्य बिमला बगाले तथा केन्द्रीय प्रशिक्षण बिभागका सदस्य राज कुमार आचार्यको समुपस्थिती रहेको थियो ।
जील्ला सचिव विश्वराज भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी भिम प्रसाद बगालेले हाम्रो संगठन कसरी मजवुत गराउने, कसरी हामी सुन्दरसाथ एक मत एक भाव सहित धर्मको उन्नयनकालागि समर्पित हुनुपर्छ भन्ने सबैले बुझ्नुपर्छ भन्नुभयो। त्यस्तै महासचिव दिपक कार्कीले संगठन बिस्तारका बारेमा प्रकाश पार्दै भावी पुस्ता जागनी र सेवा धर्ममा उनिहरुको लगाव बृद्विकालागि अभिभावकले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।
कार्यक्रममा धर्मको श्रीबृद्विकालागि सबैले अनुशाशित ढंगबाट तिर्थको महिमा र गुरुको ज्ञान आत्मसाथ गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नुवाकोट जील्लाको ईतिहास हेर्दा बि सं १८६० तिर प्रणामी धर्म दिक्षित तिगाउँका लिलावाई मुडवरी आमाको त्याग र तपस्या अनि धर्म प्रतिको निष्ठाले उर्वर रहेको बताउँदै केन्द्रीय सदस्य राधेश्याम गजुरेलले पुर्व भारतमा मंगलदाश गुरु र नेपालमा जुगलदाश महाराजले प्रणामी धर्म जागनीको ऐतिहाँसिक कार्य गर्नुभएको बिषय प्रकाश पार्नुभएको थियो।
जिल्ला समिति तथा स्थानीय सुन्दरसाथबाट अतिथीको सत्कार तिलक कंंण्ठीले गर्दै आतिथ्यताको न्यानो माया ईनारपाटी मन्दिरले पस्किएको थियो । सहभागी अतिथीलाई मायाको चिनो प्रदान गर्दै समितिले सधै जागनी धर्म प्रचारमा सक्रिय हुन युवा परिषद केन्द्रलाई आब्ह्वान गर्नुभएको थियो ।