
सेवापाटी संवाददाता २०८२ श्रावण ६ गते
दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – बंगलादेशको राजधानी ढाकामा सोमबार एक लडाकु विमान दुर्घटना भएको छ । विमान विद्यालय परिसरमा खसेको थियो विमान खस्दा मृत्यु हुनेको संख्या २७ पुगेको छ । मृतकमध्ये धेरैजसो विद्यार्थी छन् । दुर्घटनामा १०० भन्दा बढी घाइते भएका छन् । ८३ जना विभिन्न अस्पतालहरूमा उपचाररत छन् । चीनमा निर्मित एफ–७ बीजेआई (एफ–७ बीजेआई) लडाकु विमान दिउँसो १:०६ मा प्रशिक्षणका लागि उडेको थियो ।
उडेको केही समयमै ढाकास्थित मिलस्टोन स्कुल एन्ड कलेजमा दुर्घटनाग्रस्त भएको हो । घटनास्थलमा तत्कालै उद्धार कार्य सुरु गरिएको थियो र आगलागी नियन्त्रणमा लिन सुरक्षाकर्मी तथा दमकलकर्मीहरूले अथक प्रयास गरेका थिए । सरकारले मंगलबारलाई राष्ट्रिय शोक दिवस घोषणा गरेको छ । घाइतेहरूको उपचार भइरहेको बिभिन्न सञ्चार माध्यमहरुले जनाएका छन