सेवापाटी संवाददाता २०८२ असार  ७ गते

दिपक बजगाई ‘कैलाश’ काडमाण्डौं – चालु आर्थिक वर्षको २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको ११ महिनामा १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँको वस्तु निर्यात गरेको भन्सार विभागको तथ्यांक छ । ११ महिनामा निर्यात एक खर्ब रुपैयाँले बढेको छ । निर्यात बढ्दा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा घटेको विभागको तथ्यांकले देखाउँछ ।

गत आर्थिक वर्षको तुलनामा निर्यात ७७.७७ प्रतिशतले बढेको विभागले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा पहिलो पटक २ खर्ब ३ करोडको वस्तु निर्यात भएको थियो । त्यसयता अहिले (२०८१/८२ को ११ महिनामा) निर्यात २ खर्ब ४७ अर्ब रुपैयाँ नाघेको विभागले जनाएको छ । खानेतेलका कारण समग्र निर्यात व्यापार बढेको हो । गत आर्थिक वर्षको ११ महिनामा कुल व्यापारमा निर्यातको हिस्सा ८.७४ र आयातको हिस्सा ९१‍.२६ प्रतिशत थियो ।