सेवापाटी संवाददाता २०८२ असार ४ गते
दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – वुढानीलकण्ठ नगरपालिका नगर कार्यपालिकाको कार्यालय हात्तीगौडा,काडमाण्डौंको आयोजना तथा नेपाल युवा एकता समाज ललितपुरको सहजिकरणमा काष्ठ हस्तकला सम्बन्धि सीप विकास तालिम सञ्चालनमा आएको छ । कार्यक्रम जेष्ठ २२ गते देखि वुढानीलकण्ठ नगरपालिका वडा न २ मा सञ्चालनमा आएको हो तालिमबाट १७ जना प्रशिक्षार्थीहरु लाभान्वित हुनेछन् भने कार्यक्रम ४५ दिन सम्म चल्ने छ ।

तालिमका प्रमुख प्रशिक्षक ललितपुर भैंसेपाटीका हिरा महर्जन रहेका छन् । कार्यक्रमको १२ औं दिन चलिरहदा बुढानिलकण्ठ नगरपालिका उप-प्रमुख अनिता लामा ज्यु बाट अनुगमनको क्रममा महिलाहरुको जोस, जाँगर र हौसला देखेर आफु अत्यन्त खुशि भएको र अबका महिलाहरुले चुलो र घरमा मात्र सिमित नभई बिभिन्न किसिमका औजार हरु पनि चलाउन सक्नुहुन्छ र सक्नु पर्छ भन्दै महिलाहरु पनि छिनो, हम्वर,करौंती जस्ता औजारहरु चलाउन सक्षम छन भन्ने कुराको प्रमाणीत गरेको बताउनु भयो ।
भिडियो सहित


