सेवापाटी संवाददाता २०८२ जेष्ठ २९ गते
दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका प्रमुख तीर्थराज भट्टराईमाथि अख्तियारले अनुसन्धान सुरु गरेपछि गृहमन्त्री रमेश लेखकसमेतलाई जोडेर थप छानबिनको माग गर्दै विपक्षी दलले बजेट प्रस्तुत गर्नबाहेक दुई सातादेखि प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गर्दा बजेट, महत्त्वपूर्ण विधेयक तथा नागरिकका सरोकारसम्बन्धी मुद्दामाथिको छलफल रोकिएका छन् ।
सत्तारूढ एमाले र कांग्रेस एवं प्रमुख प्रतिपक्षी माओवादीबीच संसद् खुलाउनेबारे सैद्धान्तिक समझदारी बने पनि पछिल्लो पटक रास्वपाको अडानका कारण सहमति हुन नसकेको हो । माओवादी र रास्वपाबीच सहमतिको भाषा र बुँदामा फरक मत देखिएको छ । गृह मन्त्रालयका सहसचिवमाथि भइरहेको छानबिनलाई जोडेर गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समितिको माग राख्नु पूर्वाग्रह भएको सत्तारूढ दलका नेताहरूको भनाइ छ ।
सत्तारूढ दल र विपक्षीको अडानले आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमाथिको छलफल रोकिएको छ । ‘एमाले र कांग्रेस विपक्षीको माग पूरा गर्ने पक्षमा नभएपछि प्रमुख प्रतिपक्ष माओवादी केही लचक त बनेको छ, तर रास्वपाले अडान नछाड्दा संसद्को गतिरोध लम्बिँदै गएको छ, । दलहरूको अडानका कारण संसद् अवरोध अझै लम्बिने देखिन्छ ।


