सेवापाटी संवाददाता २०८२ जेष्ठ  २५ गते

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौ – प्रतिनिधि सभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको हो । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ।

‘भिजिट भिसा’ प्रकरणमा बदमासी भएको भन्दै विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै लगातार बैठक अवरुद्ध गर्दै आएका छन्। प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।