सेवापाटी संवाददाता २०८२ जेष्ठ  २५ गते

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – काठमाडौं महानगरपालिका वडा नं १३ स्थित रवि भवननजिककै जग्गामा ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा सरकारले आगामी आर्थिक वर्षको बजेटबाट सरकारले सत्तारूढ कांग्रेसको भ्रातृसंस्था तरुण दलको भवन निर्माणका लागि तीन करोड रुपैयाँ छुट्याएको छ । आर्थिक वर्षको बजेटबाट तरुण दलको भवन बनाउन बजेट विनियोजन गरेको हो ।

नयाँ भवन निर्माणका लागि यसअघि सरकारसँग बजेट माग गरिएको तरुण दलका अध्यक्ष विद्वान गुरुङले विज्ञप्तिमार्फत यसबारे जानकारी दिएका थिए । ‘उनले भने, ‘कांग्रेसले बीपी कोइराला, गणेशमान सिंह र एमालेले मदन भण्डारीका नाममा भवनहरू बनाइरहेकै छन् । यो कुनै नयाँ कुरा होइन ।’सत्तारूढ दलको भ्रातृसंस्थालाई बजेट दिइएको विषयमा सार्वजनिक आलोचना सुरु भए पनि सहरी विकास मन्त्रालयले औपचारिक धारणा सार्वजनिक गरेको छैन ।