सेवापाटी संवाददाता २०८२ जेष्ठ  २४ गते

दिपक बजगाई ‘कैलाश’ ललितपुर – ललितपुर जिल्ला बागमती गाँउ पालिका वडा न. ३ भट्टेडाँडा (मैरे) स्थित रहेको राडर टावर एक आकर्षक पर्यटकिय क्षेत्र रहेको छ । ललितपुर चापागाँउ दोबाटो बाट २२ किलोमिटरको दुरीमा रहेको यस क्षेत्रमा बागमती गाँउ पालिकाको बिशेष पहलमा बालबालिकाको लागि बिभिन्न किसिमका खेलखेल्ने व्यवस्था, मनमोहक पार्क , खान र बस्नका लागि होटलको व्यवस्था ,पिकनिकको लागि आकर्षक स्टलहरु, यातायातको लागि बाटोको सुविधा लगायतका सुविधा सहित हरियाली डाँडाकाँडा बिभिन्न किसिमका जंगली जडिबुटीहरु को अवलोकन सहित स्वच्छ र सफा वातावरणमा हिमाल देखि तराईको समथर भु-भागको अवलोकन गरी मनोरञ्जन लिन सकिने एक आकर्षक पर्यटकिय क्षेत्र बनेको छ ।

यस क्षत्रमा सार्वजनिक बिदाको दिनहरुमा बिभिन्न ठाँउ बाट घुम्न तथा पिकनिक मनाउन आउनेको भिडहुने र बिभिन्न चाड पर्वहरुमा सास्कृतीक कार्यक्रमहरुको आयोजना गर्ने लगायत जस्तोसुकै कार्यक्रम गर्नका लागि पनि उपयुक्त स्थान भएको स्थानियहरुको भनाई रहेको छ । उपत्यका बाट नजिकै रहेको यस क्षेत्रको राम्रो प्रचार – प्रसार गर्न सके अझ धेरै आन्तरिक पर्यटकहरु भित्राउँन सकिने स्थानियहरुको दाबी छ ।