सेवापाटी संवाददाता २०८२ जेष्ठ  २३ गते

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा दायर गरेको मुद्दामा पूर्वप्रधानमन्त्री नेपालमाथि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो असुलउपर, बिगोबमोजिमकै जरिवाना र १० देखि १४ वर्षसम्म कैद सजाय मागदाबी गरिएको छ ।

पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट पाएको हदबन्दी छुटको जग्गा हिनामिना अभियोगमा तत्कालीन प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले प्रतिवादीविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी भूमिका र जिम्मेवारीअनुसार कसैलाई एकल र कतिपयलाई संयुक्त बिगो कायम गरी असुलउपर, बिगोबमोजिम जरिवाना र कैद सजाय मागदाबी गरेको छ ।