
सेवापाटी संवाददाता २०८२ जेष्ठ २२ गते
दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – सुरक्षा जोखिमलाई कारण देखाउँदै संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने निर्णयगरेका छन् । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने निर्णयगरेका हुन सुरक्षा जोखिमलाई कारण देखाउँदै उनले १२ देशका नागरिकलाई पूर्ण प्रतिबन्द र अन्य ७ देशका नागरिकहरूलाई प्रतिबन्ध लगाउने ह्वाइट हाउसले जनाएको छ। ट्रम्पले अफगानिस्तान, चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, म्यानमार, सोमालिया, सुडान र यमनका नागरिकहरुलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।