
सेवापाटी संवाददाता २०८२ जेष्ठ २१ गते
दिपक बजगाई’कैलाश’काठमाण्डौं – भिजिट भिसामा भएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने मागमाको अडानमा रहेको बिपक्षी दलहरू भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आएका बिपक्षी दलहरू लेखकको राजीनामाका विषयमा लचक बनेका छन् ।
भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभाको तेस्रो बैठक अवरुद्ध भएको हो । यसअघि जेठ १३ र १४ का लागि बोलाइएका बैठकमा विपक्षी दलले अवरोध गरेका थिए । भिजिट भिसामा भएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने मागमा भने उनीहरूको अडान छ ।