
सेवापाटी संवाददाता २०८२ जेष्ठ १८ गते
दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – सार्वजनिक यातायात व्यवसायी तथा यातायात मजदुर हरुको सार्वजनिक यातायात बचाउ केन्दिय महासंघहरु मजदुर संघ/संगठन हरुको संयुक्त केन्दिय संर्घष समितिले बिभिन्न ७ बुदे मागहरु राखी चरणबद्द आन्दोलनको घोषण गरेका छन् । सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ बिपरित हुने गरी संघिय ऐन संग बाझिने गरी सातै प्रदेश सरकारले ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले मिति २०८२/०२/०१ गते राजपत्रमा प्रकाशित गरी निजी सवारी सधन(रातो प्लेट)लाई भाडाको सवारी (कालो प्लेट) सरह संचालन गर्न लागेको ,सम्मानित सर्वोच्च अदालतबाट संघ संस्था दर्ता ऐन २०३४ मा सहेका संघ समिति नविकरण सम्पती फुकुवाको मिति २०८०/१२/२० गतेको परमादेश अहिलेसम्म गृहमन्त्रालयले लागु नगरिएको लगायतका मागहरु राखी आन्दोलनको घोषणा गरेका छन् ।
अन्दोलनको पहिलो दिन सनिबार उपत्यकाको चक्रपथ परिक्रमामा दुई घण्टा चक्का जाम गरी सवारी साधनको माला बनाई बिरोध जनाएका थिए भने अइतबार कालो झण्डा सहित र्याली गर्ने एती गर्दा पनि सरकारले सुनुवाई नगरे अनिश्चितकाल सम्म सार्वजनिक सबारी साधन बन्द गर्ने संघर्ष समितिले चेतावनी दिएको छ । यो आन्दोलन कुनै एक ब्यक्ती तथा व्यवसायीको मात्र नभई समग्र सार्वजनिक सवारी साधनको हितमा रहेकाले सम्पुर्ण यातायात व्यवसायी तथा यातायात मजदुरहरु एक भएर लाग्नु पर्ने विद्धुतिय यातायात व्यवसायी स्वरोजगार प्रा. लि. का अध्यक्ष राम प्रसाद घिमिरेले बताउनु भयो ।