
सेवापाटी संवाददाता २०८२ जेष्ठ १० गते
दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – वागमती प्रदेश सरकार उद्योग तथा बाणिज्य कार्यालय त्रिपुरेश्वर , काठमाडौं को आयोजना तथा जनाधिकार सरोकार महासघं नेपालको सहकार्यमा नागार्जुन न.पा. वडा नं. ६ मा महिला लक्ष्यित २० दिने जुत्ता बनाउने तालिम तथा २५ दिने ब्याग बनाउने तालिम को उद्घाटन कार्यक्रम आइतवार पुर्व मा.कृषि तथा पशुपन्छी विकास मन्त्री केशव प्रसाद पोखरेल बाट सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पुर्व मा. कृषि तथा पशुपन्छी विकास मन्त्री (वागमती प्रदेश), विशेष अतिथि मा. संसद वालकुमारी विश्वकर्मा, अतिथिहरुः नागार्जुन नं. पा. वडा नं. ६ का वडा सदस्य झलक बहादुर तामाङ, शुभ गर्जन समुहका अध्यक्ष गिता खनाल, घर आगन कृषक महिला समुहको अध्यक्ष जानकी खड्का, जयन्ती महिला समुहका अध्यक्ष माधवी कार्की, नेपाल युवा एकता समाजका प्रतिनिधि दिपक बजागाई’कैलाश‘ लगायत कार्यक्रमका प्रशिक्षक र प्रशिक्षार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शोभा घिमिरेले गर्नु भएको थियो–भने कार्यक्रमको शभाध्यक्ष जनाधिकार सरोकार महासघं नेपालका अध्यक्ष तथा उद्यमी घरका सञ्चालक दिपक कार्कीले गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथिहरुले शुभकामना मन्तव्य दिनु भएको थियो । मन्तव्यकै क्रममा जनधिकार सरोकार महासघं नेपालका अध्यक्ष तथा उद्यमी घरका सञ्चालक दिपक कार्कीले तालिमलाई दिन विताउने भन्दा पनि सिप सिक्ने तरिकाले यो तालिमलाई सदुपयोग गर्न जोड दिदै तालिम पछि उद्यमी बन्न चाहेर उद्यम गरी उत्पादन गरेको सामानको बजारीकरणमा उद्यमी घरले सघाउने कुराको जानकारी दिनुभयो ।