
सेवापाटी संवाददाता २०८२ जेष्ठ ९ गते
दिपक बजगाई ‘कैलाश‘ काठमाण्डौं अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज एक तोला सुनको मूल्य रु एक हजार १०० ले घटेको हो । चाँदी पनि तोलामा रु २० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ४०० कायम भएको छ भने चाँदी तोलामा रु दुई हजार पाँचमा कारोबार भइरहेको छ ।