सेवापाटी संवाददाता २०८२ जेष्ठ  ८ गते

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कम्तीमा १० अर्ब रुपैयाँ अनियमितता भएको निष्कर्ष निकाल्दै संसदीय समितिले अनुसन्धान तथा कारबाही प्रक्रियाका लागि बुधबार अख्तियारलाई निर्देशन दिएको हो । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचारबारे अनुसन्धान गरी संलग्नलाई कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

विमानस्थल निर्माणमा कम्तीमा १० अर्ब रुपैयाँ अनियमितता भएको निष्कर्ष निकाल्दै संसदीय समितिले अनुसन्धान तथा कारबाही प्रक्रियाका लागि बुधबार अख्तियारलाई निर्देशन दिएको हो । समिति सभापति ऋषिकेश पोखरेलले थप अनुसन्धान र कानुनी कारबाही प्रक्रियाका लागि अख्तियारलाई निर्देशन दिइएको जानकारी दिए । प्रदीप अधिकारी,विनेश मुनकर्मी,चाँदमाला श्रेष्ठ,प्रवीन न्यौपाने,वावुराम पौडेल ,राजेन्द्र प्रसाद पौडेल,सञ्जीव गौतम, र राजन पोेखरेल अनुसन्धान र कारवाहीको सिफारिसमा परेका छन  ।