सेवापाटी संवाददाता २०८२ जेष्ठ  ७ गते

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं – मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले डा. पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो । यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिले तीन जनाको नाम गभर्नरका लागि मन्त्रीपरिषद्मा सिफारिस गरेको थियो ।

जसमा डा. विश्वनाथ पौडेल, का.मु गभर्नर निलम ढुंगाना, डा. पूर्वसचिव दिनेश भट्टराई हुनुहुन्थ्यो । जसमध्येबाट पौडेललाई नियुक्त गरिएको मन्त्री गुरुङले बताउनु भयो । मन्त्री गुरुङले लामो  प्रतिक्षापछि गभर्नरको विषय टुंगिएको बताउनु भयो ।

श्रोत—न्युज एजेन्सी नेपाल