सेवापाटी संवाददाता २०८२ जेष्ठ ५ गते

दिपक बजगाई ‘कैलाश’ ललितपुर-राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति,ललितपुरको आयोजनामा यहि जेठ १६ र १७ गते अन्तर माध्यामिक बिद्यालय स्तरीय अन्तर मा. वि. लोक दोहोरी प्रतियोगिता सञ्चालन गर्ने भएको छ। कार्यक्रम बागमती गाँउपालिका- ४, प्युटार,ललितपुर कालीदेबी मा. वि. मा हुन लागेको हो।
“हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण,स्रष्टाको सम्मान,नव प्रतिभाको प्रोत्साहान” भन्ने मुल नाराका साथ बिभिन्न लोक संस्कृति,परम्परागत,भेष भुषा,कला साहित्यको संरक्षण तथा संवर्धन गर्ने उद्देश्यका साथ बिभिन्न कार्यक्रमहरु गर्दै आएको प्रतिष्ठानले आफ्नो कार्ययोजना अनुसार अन्तर मा.वि. लोक दोहोरी प्रतियोगिता सञ्चालन गर्न लागेको हो।

कार्यक्रमको पहिलो दिन उद्घाटन तथा सांस्कृतिक कार्यक्रम र दोहोरी प्रतियोगिता सुरु हुने,दोश्रो तथा अन्तिम दिन दोहोरी प्रतियोगिता,सांस्कृतिक कार्यक्रमका साथ पुरस्कार,प्रमाण पत्र,मायाको चिनो बितरण तथा समापनको कार्यक्रम रहने छ। प्रतियोगितामा बागमती गा.पा. अन्तर्गत ९ वटा मा.वि का मुख्य नेतृत्व गर्ने गायक गयिकाको सहयोगिका साथमा ४ जना गरी, एक समुहमा ६ जना हुने गरी जम्मा ५४ जना सहभागी हुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति,ललितपुरका अध्यक्ष मिठाराम केसि ले बताउनु भयो।

प्रतियोगितामा सहभागि बिद्यार्थीहरु लाई प्रथम पुरस्कार नगद रु २० हजार शिल्ड एवं प्रमाण पत्र,द्वितिय पुरस्कार नगद रु १५ हजार शिल्ड एवं प्रमाण पत्र ,तृतीय पुरस्कार नगद रु १० हजार शिल्ड एवं प्रमाण पत्र, सान्त्वना पुरस्कार नगद रु ५ हजार शिल्ड एवं प्रमाण पत्र,उत्कृष्ठ गायक गायिकालाई नगद रु ३/३ हजार एवं प्रमाण पत्रको ब्यवस्था गरिनुका साथै कुनै पनि सहभागी समुहलाई निरास नबनाउने उद्देश्यका साथ बाँकि ३ समुहलाई पनि २५ सएका दरले नगद का साथ प्रमाण पत्र उपलब्ध गराउने अध्यक्ष केसिले जानकारी गराउनु भयो।

अध्यक्ष केसिले पालिका भरिका सबै शिक्षक,शिक्षिका,विद्यार्थी,अभिभावक एवं संस्कृतिप्रेमी सम्पुर्ण महानुभावहरुमा उपस्थितिका लागि अनुरोध पनि गर्नु भएको छ।