सेवापाटी संवाददाता २०८२ जेष्ठ ३ गते

दिपक बजगाई ‘कैलाश’ काठमाण्डौं- शनिवार मदन—आश्रित स्मृति दिवसको बल्खुमा भएको कार्यक्रमलाई सम्बोधन गर्दाै प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै शंकट नरहेको बताउनुभएको छ ।उहाँले कुनैपनि कुराको शंकट नभएकाले ढुक्क भएर आत्मविश्वासका साथ अघि बढ्न आग्रह गर्नुभयो ।

उहाँले आफूहरुका प्रेरणाका श्रोत मदन भण्डारी, जीवराज आश्रित जस्ता महान नेताहरु रहेको र उहाँबाट सही ढंगले वैचारिक हिसावले मार्गनिर्देशन भइरहेको बताउनु भयो । उहाँले आफूहरुलाई मार्ग निर्देश गर्न माक्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद रहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले आजको परिस्थिति एउटा अनुकुल परिस्थिति भएको र अनुकुल परिस्थितिलाई प्रत्यक्ष राजनीतिक आक्रमण, दलगत आक्रमण र पार्टी विशेषलाई केन्द्रित गरी पार्टी अध्यक्षमाथि व्यक्तिगत रुपमा पनि केन्द्रित गरेर हमला भइरहेको बताउनु भयो ।

महाभारत युद्धको बेलामा युधिष्ठिरलाई घेराउ गरेको उदारहण दिँदै प्रधानमन्त्री ओलीले आफूलाई पनि त्यही हिसावले घेर्ने काम भइरहेको बताउनु भयो । नेता ढल्यो भने पार्टी ढाल्न सहज हुने बुझाइले आफूमाथि प्रहार भइरहेको जिकिर गर्नुभयो । ओलीले आफूहरु सत्यको मार्गमा रहेकाले अन्तिममा विजय सत्यकै हुने जिकिर गर्नुभयो ।

 

श्रोत —न्युज एजेन्सी नेपाल