सेवापाटी संवाददाता २०८२ जेष्ठ ३ गते

काठमाण्डौं- माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित तराई–मधेस जनजागरण अभियान सम्पन्न गरेपछि शुक्रबार बैतडीको पाटनबाट सुरु गरेको मध्यपहाडी लोकमार्ग अभियानको उद्घाटनको क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र बैंकको गभर्नर नियुक्तिका नाममा पनि अनेक चलखेल र प्रपञ्च भइरहेको बताएका छन् ।

‘राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्त हुनुपर्ने पद हो,’ ‘तर, अनेक खालका चलखेल र प्रपञ्च भइरहेका छन् ।’ ‘यो सरकार राष्ट्र र जनताको विरुद्ध गएको छ । भ्रष्टाचार संरक्षणमा केन्द्रित छ,’अध्यक्ष दाहालले वर्तमान सरकार गलत दिशातिर गएको आरोप लगाए ।

अभियानको उद्घाटन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङलगायत प्रदेश तहका नेता कार्यकर्ताहरु सहभागी छन् । माओवादीले मध्यपहाडी लोकमार्ग अभियान सुरु गरेको छ ।