
सेवापाटी संवाददाता २०८२ जेष्ठ ३ गते
दिपक बजगाई (कैलाश) काठमाण्डौं-संघीय राजधानी काठमाडौं लगायत देशका विभिन्न स्थानमा शुक्रवार अवरुद्ध विद्युत आपूर्तिबारे जानकारी दिन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेतृत्व फेरिएकै कारण विद्युत आपूर्तिमा समस्या नआएको दाबी गर्नुभएको छ ।
उहाँले अहिलेको मौसमका कारण समस्या आएको स्पष्ट पार्नुभएको हो । बत्ती जानुमा अहिले अन्य कारण केही नभएको उहाँको दाबी छ, उहाँले अहिलेको मौसमका कारण समस्या आएको स्पष्ट पार्नुभएको हो । विगतका वर्षहरुमा पनि चैतदेखि जेठसम्म यस प्रकारका समस्या आउने गरेको बताउँदै उहाँले वर्षा शुरु हुनुअघि केही दिन हावाहुरी र पानीका कारण समस्या आएपनि अन्य समयमा सामान्य हुने बताउनु भयो ।
समस्याको पहिचान भएको र त्यसलाई सुधार्नेतर्फ आफु लागिपरेको उहाँको भनाई थियो । प्राविधिक समस्याले विद्युत आपूर्तिमा गडबडी हुँदा लोडसेडिङ नै भयो भनेर हल्ला नफिजाउन आग्रह गर्दै कार्यकारी प्रमुख शाक्यले समस्या समाधानका लागि आफुले जानेका सबै कुरा गर्ने स्पष्ट पार्नुभयो । समस्या आइसकेपछि कराउने नभइ समयमै सुधार्नुपर्ने उहाँको भनाइ छ ।
श्रोत- न्युज एजेन्सी नेपाल