सेवापाटी संवाददाता २०८२ जेष्ठ १ गते

काठमाण्डौं- सिन्धुपाल्चोक-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेतलाई बिषेश अदालतमा भ्रष्ट्राचारको मुद्दा दाएर भए संगै सांसद पदबाट निलम्बित भएका छन्। बस्नेत सहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध ३ अर्ब २१ करोड बढी बिगो माग दाबीसहित बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मुद्दा दायर भए संगै बस्नेत सांसद पदबाट निलम्बित भएका हुन्।त्यस्तै, दुरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाल, प्राधिकरणकै तत्कालीन सदस्यहरू धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेती, प्राधिकरणका निर्देशक विजयकुमार राय, सुरेन्द्रलाल हाडा र दिपेश आचार्य, उपनिर्देशकहरू रेवतीराम पन्थ, सुरेश बस्नेत, हरिण्यप्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र र सन्जीव अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

अख्तियारले सबैसँग जनही ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग दाबी गरेको छ। भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद पद स्वत निलम्बन हुने व्यवस्था छ।