
सेवापाटी संवाददाता २०८२ बैशाख २९ गते
काठमाण्डौ- सोमवार २५६९ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस –२०८२ को अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरूले संयम हुन आग्रह गर्दै हात हालाहालको स्थिति लडाईंमा परिणत नहोस् भनेर कामना गरेपछि भारत र पाकिस्तानबीचको लडाईं रोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ ।
उहाँले केही दिनअघि मात्रै छिमेकी मुलुक भारत र पाकिस्तानबीच युद्धको स्थिति सिर्जना भएपनि त्यो अघि बढ्न नपाएको बताउनु भयो । उहाँले लडाईं अगाडी नबढोस् भनेर कामना गरेको बताउनु भयो । उहाँले भारत र पाकिस्तानले लडाईंमा जान नदिने प्रतिवद्धता व्यक्त गरेको बताउँदै उहाँले संयमताका लागि दुवै मुलुकलाई धन्यवाद दिनुभयो ।
उहाँले फेरि पनि दुवै देशबीच केही आरोपरप्रत्यारोपको स्थिति जारी रहेको जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले बुद्धका शान्तिका सन्देशहरूको अर्थ अहिले पनि र जहाँ पनि रहेको बताउनु भयो । बुद्धले उपदेशहरूमार्फत दिएको शिक्षा विश्वका लागि धेरै महत्वपूर्ण रहेको जिकिर समेत गर्नुभयो । उहाँले व्यक्तिको आफ्नो मनस्थिति, पारिवारिक र सबै कुराको लागि शान्तिको महत्व रहेको धारणा राख्नुभयो ।
श्रोत – न्युज एजेन्सी नेपाल