सेवापाटी संवाददाता २०८२ बैशाख २८गते
शनिवार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवद्र्धन गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले वन क्षेत्रमा बस्ती बस्न दिनु नहुने बताउनुभएको छ । उहाँले वन क्षेत्रको संरक्षणमा सबै लाग्नुपर्ने र वन अतिक्रमण हुन दिन नहुने उल्लेख गर्नुभयो । उहाँले नागार्जुनको फेदमा कित्ताकाट गरेर घडेरी बनाएकोप्रति आपत्ति जनाउनु भयो।

उहाँले काठमाडौं नजिकैको वन क्षेत्र समेत विध्वंश पारिएको भन्दै वन क्षेत्र मासिएको बताउनु भयो । उहाँले पुस्तैनी आवादी नभइ पैसा खुवाएर निकालेको धनीपूर्जाका आधारमा खडेरी बनाउने काम भएको बताउनु भयो । यस किसिमका समस्याको व्यवस्थापन गर्न जरुरी रहेको र वन क्षेत्र संरक्षित भएमात्रै संवद्र्धन गर्न सकिने बताउनु भयो ।
‘वन क्षेत्रको संरक्षण गरौँ, वन अतिक्रमण हुन नदिऔँ । पहिला नै कसैले वन क्षेत्रमा एउटा छाप्रो बनाएको छ भने त्यतिबेलै त्यहाँबाट यो छाप्रो यहाँ बनाउनु हुँदैन भनेर भनौँ । यहीँ वरपर हेरौँ न । वन क्षेत्रमा त खनेर खत्तम पारेको छ त । वन क्षेत्रमा घडेरी बनाएका छन् त कित्ताकाट गरेर । नागार्जुनको फेद हेर्नुभएको छ की छैन? साथीहरुले के त्यो वन क्षेत्र मासिएको छैन त्यहाँ, पुस्तौनी आवादी हो त्यहाँ, पुस्तौनी धनीपूर्जा छ? अस्ति गएर पैसा खुवाएर निकालेको धनीपूर्जा होइन ?
यस्तो कुरालाई हामीले व्यवस्थापन गर्नैपर्छ । वन क्षेत्रको अतिक्रमण गर्न नदिऔँ । वन क्षेत्रको संरक्षण गरौँ । संरक्षित भएमात्रै अनि संवद्र्धन गर्न सकिन्छ । संरक्षण नै गर्न सकेनौँ भने संवद्र्धन कसरी गर्ने ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
श्रोत—न्युज एजेन्सी नेपाल


