सेवापाटी संवाददाता २०८२ बैशाख २३ गते
काठमाण्डौ– सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने बताएका छन्। उनले नेपाल एक चीन नीतिमा स्पष्ट रहेको र नेपाली भूमि चीनविरुद्ध प्रयोग नहुने प्रष्ट पारेका हुन्।

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्ष पुगेको अवसरमा जिपी कोइराला फाउन्डेसनले आयोजना गरेको तस्बिर प्रदर्शनीको उद्घाटन गर्दै उनले नेपाल–चीन सांस्कृतिक, आर्थिक र सामाजिक साझेदारी ऐतिहासिक र बलियो रहेको, नेपालको पूर्वाधार, व्यापार, पर्यटन, सांस्कृतिक र शैक्षिक आदानप्रदान, जलवायु परिवर्तन र वातावरणीय सहकार्यमा चीनको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै उनले आगामी दिनमा यो सहयोग अझ बढ्ने विश्वास व्यक्त गरेका छन्।


