सेवापाटी संवाददाता २०८२ बैशाख २२ गते

काठमाण्डौं–फ्रान्स भ्रमणमा गएका मेयर सचिवालयका कुमार व्यञ्जनकार र सुनील लम्सालको भ्रमण नियमविपरीत भएको भन्दौ भ्रमण खर्च असुल्न महालेखा परीक्षकको कार्यालयले काठमाडौं महानगरलाई पत्राचार गरेको छ । व्यञ्जनकार र लम्साल काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा फ्रान्स भ्रमणमा गएका थिए भ्रमणबापत बेरुजु देखिएको करिब २० लाख रुपियाँ व्यञ्जनकार र लम्सालसँग असुलउपर गर्न महालेखा परीक्षकको कार्यालयले पत्राचार गरेको हो । फ्रान्समा गत वर्ष मे १४ देखि २५ तारिखसम्म चलेको ७७ औं चलचित्र महोत्सवमा सहभागी हुन मेयर साहलाई मात्र निम्तो आएको तर सचिवालयका सदस्यहरु गएर महानगरको २० लाख खर्च गरेको पाइएपछि महालेखाले २० लाख बेरुजु औंल्याएको हो।

यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन शुरू गरेको छ मेयर सचिवालयका कर्मचरीलाई मेयर साहले फ्रान्स भ्रमणमा लगेको विषयमा अख्तियारले कामपासँग भ्रमणको सबै विवरण मागेको भएपनि कामपाले पूर्ण विवरण अझै पेस गरेको छैन । प्रशासन विभागको असहमति हुदाहुदौ पनि मेयर शाहको आदेशमा प्रमुख प्रशासकीय अधिकृत परियारले उनीहरुको भ्रमण स्वीकृत गर्नुभएको थियो ।स्रोतका अनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारले व्यञ्जनकार र लम्सालको खर्च रकम भुक्तानी गर्न कामपाको वित्त विभागलाई पटकपटक दबाब दिनुभएको थियो। फ्रान्सले हरेक वर्ष चलचित्र महोत्सवमा निमन्त्रणा पठाउने गर्दछ ।