सेवापाटी संवाददाता २०८२ बैशाख १७ गते

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै सामाजिक सञ्जालमार्फत विज्ञापन गरी तथा मेरो आफ्नै मान्छे छ भन्दै ठगी गर्नेको संख्या बढ्दै गरेको पाइएको छ। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार बिभिन्न आश्वासन देखाई विदेश पठाइदिन्छु भन्दै साउन १ गते देखि वैशाख १६ गतेसम्म ४ हजार ९९ जना व्यक्ति उपर उजुरी परेको छ । १५ दिनमै अफर लेटर पाए भन्ने व्यक्तिको भनाइ राख्ने,नक्कली  कामको प्रस्तावपत्र, भिसा, र कम्पनीको लोगोसहितका फोटोहरू पोस्ट गर्ने, तलब, आवास, खाना,“फ्रि”टिकटजस्ता सुविधाहरू देखाइ श्रमिकलाई झुक्याइ ठगी हुने गरेको कानुनी सहजकर्ता तथा शाखा अधिकृत रोजी तुल्सिबाख्योले बताउनुभयो ।