सेवापाटी संवाददाता २०८२ बैशाख १७ गते
मंगलबार आ–आफ्नो केन्द्रीय कार्यसमिति बैठक गरी पार्टी एकताका लागि औपचारिक निर्णय गरेका जनमत र नागरिक उन्मुक्ति पार्टीबीच बुधबार एकताको घोषणा हुँदै छ । नयाँ पार्टीको नाम ‘नागरिक जनमत’ रहनेछ एकिकरणपछि बन्ने पार्टीको अध्यक्षमा सीके राउत र संरक्षकमा रेशम चौधरी रहने समझदारी छ । राउत जनमतका अध्यक्ष हुन् भने चौधरी नागरिक उन्मुक्तिका संरक्षक हुन् । नयाँ पार्टीको सहअध्यक्षमा नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ रहने समझदारी भएको छ । एकतापछि यो दल संसद्मा छैटौं ठूलो दल बन्ने छ, हाल संघीय संसद्मा नागरिक उन्मुक्तिका प्रत्यक्षतर्फ निर्वाचित ४ सांसद छन् भने जनमतबाट प्रत्यक्षतर्फ निर्वाचित १ र समानुपातिकतर्फ ५ गरी ६ सांसद छन्, एकीकरणपछि दलको सांसद संख्या १० हुनेछ । तराई–मधेश र पहाडका सीमान्तकृत समुदायका लागि यो एकता खुसीको कुरा हो’ आगामी दिनमा सबै जिल्लामा संगठन विस्तार हुनेछ,अब प्रदेशको राजनीतिमा निर्णायक भूमिका खेल्ने जनमतका अध्यक्ष राउतले बताए ।


