सेवापाटी संवाददाता, २०८१ फागुन २६ गते
१९ फेब्रुअरी २०२५ मा सुरु भएको आईसीसी च्याम्पियन ट्रफि ०९ मार्चमा सकियको छ । आठ देशले भाग लिएको खेलमध्ये मार्च ०९ को फाइनलमा न्यूजिल्याण्ड र भारत बिच भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ५० ओवरमा २५१ रन मात्र गराउन सफल भयो । जसमा न्यूजिल्याण्डबाट ड्यारिल मिचेल (६३), माइकल ब्रेसबेल(५३८) र रचिन रविन्द्र(३७) सर्वाधिक रन बनाउनेमा परेका छन् । २५२ रनको लक्ष्य पाएको भारतले ४९ औं ओवरमा २५४ रन बनाएर ४ विकेटले बिजेता भएको छ । भारतबाट सर्वाधिक रन बनाउनेमा भारतिय कप्तान रोहित शर्मा(७६), श्रेयस अय्यर(४८), र के यल राहुल(३४) परेका छन् । भारतले सन् २००२ मा पहिलो ट्रफि, २०१३ मा दोश्रो र यसपटक समेत गरि तेश्रो पटक च्याम्पियन ट्रफि उचाल्न सफल भएको हो ।