सेवापाटी संवाददाता, १८ फागुन,२०८१

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल , केन्द्रिय समितिको १४ औं महाधिवेशन फागुन १६ र १७ गते श्रीकृष्ण प्रणामी मन्दिर बृजधाम, टिकौलीमा सम्पन्न भएको छ । कौशल फूँयालको अध्यक्षता रहेको समितिमा उपाध्यक्षहरु छत्रमणी अधिकारी, भिम प्रसाद वगाले, अनिल कोइराला र शुसिला ढकाल हुन् । महासचिवमा दिपक कार्की, कोषाध्यक्षमा उमेश प्रधान, उपमहासचिवहरुमा कपिल फँुयाल, प्रमोद थापा, टहलदास ओली, सहकोषाध्यक्षमा बालहरी थापा साथै सदस्यहरुमा कृष्ण खड्का, राजकुमार गजुरेल, भरतराज मैनाली, राधेश्याम गजुरेल, उद्धव प्रसाद तिमल्सिना, दिपक तिमल्सिना, रुद्र वगाले, मित्रलाल चौधरी र विमला कुमारी तिमल्सिना निर्वाचित भएका छन् । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल २०४७ मा स्थापना भई धार्मिक तथा सामाजिक गतिविधिहरु सञ्चालन गरिरहेको संस्था हो ।