काठमाडौं, कार्तिक २४ | नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा Art Project International G2 GINZA GalleryG2, Japan र बिन्दु स्पेस फर आर्टिस्टको संयुक्त आयोजनामा आइतबारदेखि International Cultural Exchange Exhibition 2025 – “Smile for Smile” प्रदर्शनी सुरु भएको छ।उद्घाटन समारोह प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, पूर्वकुलपति किरण मानन्धर, र Art Project International G2 GINZA GalleryG2, Japan की प्रतिनिधि Tamaki Kano ले संयुक्त रूपमा गर्नुभयो।
कार्यक्रममा बोल्दै कुलपति हार्तम्छालीले कला विश्व भाषाको रूपमा विकसित भएको उल्लेख गर्दै भन्नुभयो, “चित्रकला सांस्कृतिक आदान–प्रदानको माध्यम हो। कलामार्फत पहिचान, संस्कृति र शान्तिको सन्देश प्रकट हुन्छ।”पूर्वकुलपति किरण मानन्धरले मित्रराष्ट्रहरूसँगको यस्ता कला आदान–प्रदान प्रतिष्ठानको महत्वपूर्ण प्रयास भएको बताउँदै, “विज्ञान र प्रविधिझैं कलाले पनि विश्वस्तरमा फड्को मारेको छ,” भन्नुभयो।

समसामयिक चित्रकला विभाग प्रमुख सौरगंगा दर्शनधारीले यस्ता प्रदर्शनीले विभिन्न देशका कलाका आयाम बुझ्न र सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो।त्यस्तै, Tamaki Kano ले नेपालमा प्रदर्शनी आयोजना गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउँदै यस संस्करणमा बालकलाकारहरूको सहभागिता पनि समेटिएको जानकारी दिनुभयो।

प्रदर्शनीका क्युरेटर तथा बिन्दु स्पेस फर आर्टिस्टका निर्देशक पृथ्वी श्रेष्ठले सहभागी कलाकारहरू र सहयोगीहरू सबैलाई आभार व्यक्त गर्नुभयो।प्रदर्शनीमा नेपाल, जापान, दक्षिण कोरिया, र जर्मनीका कलाकारका कलाकृति प्रदर्शित छन्।
नेपालबाट सहभागी कलाकारहरूमा नारदमणि हार्तम्छाली, किरण मानन्धर, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा, एरिना ताम्राकार, पृथ्वी श्रेष्ठ, आशा डङ्गोल, मनिषलाल श्रेष्ठ, सम्झना राजभण्डारी लगायत करिब ३० जना कलाकार सहभागी छन्।

जापानबाट Mayumi Izawa, Kenji Inoue, Shigeko Uchida, Tamaki Kano लगायतका कलाकारका कलाकृति छन्।त्यस्तै, दक्षिण कोरियाबाट GuGu Kim, TTODOA, Kang Seo Woo, र जर्मनीबाट Eberhard Ross तथा Gabriele Musebrink का कलाकृति पनि प्रदर्शनीमा राखिएका छन्।

अन्तर्राष्ट्रिय कला आदान–प्रदानको सन्देश बोकेको यो प्रदर्शनी कार्तिक २७ गतेसम्म नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा चल्नेछ।