काठमाडौं ।एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।
परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो ।


