काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको हो।
शुक्रबार २ लाख ९१ हजार रुपैयाँमा कारोवार भएको छ । आजको भाउ प्रतितोला तीन लाख ५०० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी ४ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो ।


