काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँले बढेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य दुई लाख ८६ हजार ६ सय कायम भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १ सय ३५ रुपैयाँले बढेर पाँच हजार ३ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ ।


