काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ४३ अङ्कले घटेर २ हजार ७ सय ५ दशमलव ३८ विन्दुमा झरेको छ ।आज ३२४ कम्पनिका २ करोड १६ लाख ४१ हजार ८८३ कित्ता शेयर ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार ३४६ मा कारोबार भएको थियो । आज अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
यस दिन कालिका पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशतले बढेको छ। नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने रिभर फल्स पावरको शेयरमूल्य ५.५ प्रतिशतले वृद्धि भएको छ । अर्कोतर्फ, गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ५.८९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४३ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३५ करोड रुपैयाँभन्दा बढी र हिमालयन रि इन्स्योरेन्सको ३३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ११ अर्ब ८५ करोडको कारोबार भएकोमा आज ३ सय २४ वटा कम्पनीका २ करोड १६ लाख कित्ता शेयर ८ अर्ब ९२ करोड रुपैयाँमा किनबेच भएको छ ।


