काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार सेयर बजार सामान्य अंकले बढेको छ ।आज नेप्से ५.७० अंकले बढेर २६२५.७० विन्दुमा पुगेर रोकिएको छ ।अघिल्लो दिन ३ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५ करोडको भयो ।
आज ३३२ कम्पनिका ८५ लाख ९८ हजार ४२४ कित्ता शेयर ४ अर्ब ५ करोड ३७ लाख २० हजार ७८२ मा कारोबार भएको थियो । आज होटल्स, निर्जीव बीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।त्यस्तै बैंकिङ ०.३१, विकास बैंक ०.७१, हाइड्रोपावर ०.१३, लगानी ०.०४, जीवन बीमा ०.६६, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.०७ तथा अन्य समूह ०.०४ प्रतिशत बढे । व्यापार ०.२७, निर्जीवन बीमा ०.३६, होटल तथा पर्यटन ०.३७ प्रतिशत घटे ।
आज स्वस्तिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने एसवाई प्यानलको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी बाराही हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ ।


