काठमाण्डाै – शेयर बजार लगातार पाँचौं कारोबार दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ४८ अङ्कले घटेर २ हजार ६ सय ९ दशमलव ६९ विन्दुमा झरेको छ ।अघिल्लो कारोबार दिन ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको बजारमा यसदिन ३२५ स्टकको ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार रुपैयाँको १ करोड ७१ लाख ८६ हजार कित्ता शेयर कारोबार भएको छ । कुल ८९ हजार ७३१ पटकको किनबेचमा उक्त कारोबार भएको हो । आजको कारोबारमा ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको शेयर घटेको छ र ८ कम्पनीको शेयर स्थीर रहेको छ ।

आज बुङ्गल हाइड्रो कम्पनीको शेयर सबैभन्दा धेरै साढे ८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज, झापा इनर्जी कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज स्वस्तिक लघुवित्त र श्रीनगर एग्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने झापा इनर्जीको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी बंगल हाइड्रोको शेयर ८.५१ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी सागर डिस्टिलरीको ४३ करोड ६९ लाख कारोबार भएको छ भने एनगाडी ग्रुप पावरको ३२ करोड ५२ लाखको कारोबार भएको छ ।