काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेको छ ।  विहिबार नेप्से १०.४३ अंकले बढेर २६७६.०३ विन्दुमा पुगेर रोकिएको छ । आजको बजारमा सेन्सेटिभ इन्डेक्स २.४३, फ्लोट इन्डेक्स १.१४ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स १.१९ अंकले बढेको छ ।

बुधबारको बजारमा ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको एक करोड ३६ लाख २० हजार कित्ता सेयर किनबेच भएको थियो भने आज कुल ३ सय ३३ स्टकको ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैया बराबरको १ करोड ४६ लाख ९३ हजार कित्ता सेयर कारोबार भएको छ । यो कारोबार ८६ हजार १ सय ७० पटकमा भएको हो ।

यस दिन पाँच वटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जि, श्रिनगर एग्रिटेक इन्डस्ट्रि र एनआरएन इन्फ्रास्टक्चरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

नआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सर्वाधिक ४० करोड १७ लाख ७१ हजारको सेयर कारोबार भयो ।  त्यस्तै, कारोबारमा आएका १३ उपसमूहमध्ये फाइनान्स, उत्पादन, लघुवित्त र ‘अन्य’ समूहको परिसूचक घटेको छ ।